सहिदलाई सम्झिँदै मुख्यमन्त्री सिंह : संघीयता हाम्रो गौरव, समावेशिता हाम्रो शक्ति

सहिदलाई सम्झिँदै मुख्यमन्त्री सिंह : संघीयता हाम्रो गौरव, समावेशिता हाम्रो शक्ति
राधेश्याम राउत राधेश्याम राउत २०८२ आश्विन ३, शुक्रबार ०९:५७
सहिदलाई सम्झिँदै मुख्यमन्त्री सिंह : संघीयता हाम्रो गौरव, समावेशिता हाम्रो शक्ति

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधान दिवसको अवसरमा सम्पूर्ण मधेश प्रदेशवासी तथा देशवासी दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत जनआन्दोलन, मधेश आन्दोलन, जनयुद्ध र पछिल्लो जेन-जी आन्दोलनलगायत विभिन्न आन्दोलनमा बलिदान गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक, संघीय गणतान्त्रिक संविधान सम्भव भएको उल्लेख गरेका छन्।

ADVERTISEMENT

“यो संविधान केवल कानूनी दस्तावेज मात्र नभई हाम्रो संघर्ष, बलिदान र त्यागको जीवन्त प्रतीक हो,” मुख्यमन्त्री सिंहले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो जनताकै संघर्षबाट कोरिएको हो।”

उनले संघीयताको जन्मभूमि मधेश भएको स्मरण गर्दै संविधानले देशलाई मात्र होइन, प्रदेश र स्थानीय तहमार्फत जनतालाई नजिकबाट सेवा पुर्‍याउने बाटो खोलेको बताए। सिंहले समावेशिता र समानुपातिक व्यवस्थाले सबै वर्ग, क्षेत्र र समुदायलाई राज्य सञ्चालनमा सहभागी हुने न्यायपूर्ण अवसर सुनिश्चित गरेको पनि बताए।

“संविधानलाई अझ सबल बनाउन, संघीयतालाई प्रभावकारी बनाउन र लोकतन्त्रलाई अझ मजबुत बनाउन हामी सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्छ,” उनले भने, “संघीयता हाम्रो गौरव, समावेशिता हाम्रो शक्ति र संविधान हाम्रो साझा बन्धन हो। यही बन्धनले हामीलाई एकताबद्ध गर्दै समावेशी, समृद्ध र न्यायपूर्ण मधेश प्रदेश तथा नेपाल निर्माण हुने विश्वास लिएको छु।”

संविधान दिवसको ऐतिहासिक अवसरमा पुनः सम्पूर्ण देशवासीलाई शुभकामना व्यक्त गर्दै उनले सन्देशको अन्त्य गरेका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार ०९:५७
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !