मधेश प्रदेश नीति आयोगले मुख्यमन्त्री सिंहलाई दिगो विकास पार्श्वचित्र बुझायो

मधेश प्रदेश नीति आयोगले मुख्यमन्त्री सिंहलाई दिगो विकास पार्श्वचित्र बुझायो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २, बिहीबार २०:३४
मधेश प्रदेश नीति आयोगले मुख्यमन्त्री सिंहलाई दिगो विकास पार्श्वचित्र बुझायो

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले “दिगो विकास लक्ष्यमा आधारित मधेश पार्श्वचित्र” प्रतिवेदन बुझाएका छन् ।

बिहीबार आयोगका अनुसार विकासमा जनताको पहुँचलाई प्रभावकारी र सशक्त बनाउन, विकासका गतिविधिहरूको विश्लेषण गर्न तथा विभिन्न सूचक र तथ्याङ्कको आवश्यकता पूरा गर्ने उद्देश्यले उक्त प्रतिवेदन तयार गरिएको हो ।

ADVERTISEMENT

प्रतिवेदनमा प्रदेश विकासका प्रमुख पक्षलाई समेटिएको जनाइएको छ ।

प्रतिवेदन बुझ्ने क्रममा मुख्यमन्त्री सिंहले यो पार्श्वचित्रले प्रदेश सरकार मात्र नभई विकास निर्माणमा चासो राख्ने सम्पूर्ण सरोकारवालालाई उपयोगी जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले यसले योजना तर्जुमा र कार्यान्वयनमा सहयोग पुर्‍याउने उल्लेख गरे ।

प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार २०:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !