मन्त्रीद्वय घिसिङ र अर्यालले गरे प्रहरी अस्पतालका घाइतेसँग भेटवार्ता

मन्त्रीद्वय घिसिङ र अर्यालले गरे प्रहरी अस्पतालका घाइतेसँग भेटवार्ता
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १, बुधबार १९:३०
मन्त्रीद्वय घिसिङ र अर्यालले गरे प्रहरी अस्पतालका घाइतेसँग भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरूसँग भेटवार्ता गरेका छन् ।

ऊर्जामन्त्री घिसिङको सचिवालयका अनुसार, भेटका क्रममा उनीहरूले घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

ADVERTISEMENT

उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । यसअघि उनीहरूले आजै संघीय संसद् भवन र मन्त्री क्वार्टरको पनि अनुगमन गरेका थिए ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १९:३०
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !