गौरस्थित एमाले कार्यालयमा क्षतिग्रस्त संरचना अनुगमन, नयाँ झण्डा–ब्यानर स्थापना

गौरस्थित एमाले कार्यालयमा क्षतिग्रस्त संरचना अनुगमन, नयाँ झण्डा–ब्यानर स्थापना
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ३१, मंगलवार १३:४९
गौरस्थित एमाले कार्यालयमा क्षतिग्रस्त संरचना अनुगमन, नयाँ झण्डा–ब्यानर स्थापना

रौतहट : हालैको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेर क्षतिग्रस्त बनेको नेकपा एमाले जिल्ला पार्टी कार्यालय, गौरको आज जिल्ला स्तरीय नेता तथा कार्यकर्ताले स्थलगत अनुगमन गरेका छन्।

आन्दोलनका क्रममा कार्यालयमा रहेका झण्डा र ब्यानर जलेपछि आज नयाँ झण्डा र ब्यानर स्थापना गरिएको हो।

ADVERTISEMENT

जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको पहलमा तथा जिल्ला अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा गौर नगरपालिका–५ स्थित पार्टी कार्यालय परिसरमा सयौं नेता तथा कार्यकर्ताको उपस्थितिमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज गुप्ताले असोज ३ गते बिहान ११ बजे गौरस्थित पार्टी कार्यालयमा वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने जानकारी दिएका छन्। उनले सो कार्यक्रममा सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थित रहन आग्रह गरे।

गुप्ताले लोकतन्त्र, गणतन्त्र र संघीयतामा विश्वास राख्ने एमालेका केन्द्रीय निर्णयअनुसार यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने सामूहिक तयारी भइरहेको बताए।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १३:४९
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !