मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीले भोलि शपथ ग्रहण गर्ने

मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीले भोलि शपथ ग्रहण गर्ने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २९, आईतवार २२:४८
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीले भोलि शपथ ग्रहण गर्ने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ADVERTISEMENT

ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल चर्चित कानुनविद् हुन् ।

यस्तै अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाललाई दिइएको छ । खनाल पूर्वअर्थसचिव हुन्। उनीहरुको शपथ भने भोलि हुनेछ ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार २२:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !