प्रधानमन्त्रीको पदभारपछि आजै मन्त्रिपरिषद् विस्तार हुँदै

प्रधानमन्त्रीको पदभारपछि आजै मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २९, आईतवार ०९:२०
प्रधानमन्त्रीको पदभारपछि आजै मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदका लागि नियुक्ति पाएपछि आज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

ADVERTISEMENT

कतिजना मन्त्री बन्दैछन् भन्ने कुराको टुंगो नलागे पनि केही मन्त्रीको शपथ ग्रहण हुने स्रोतले जनाएको छ।

मन्त्री हुनेमा कुलमान घिसिङ, बालानन्द शर्मा, ओमप्रकाश अर्याललगायतको नाम चर्चामा छ।

स्रोतका अनुसार नयाँ मन्त्रीहरूलाई प्रधानमन्त्रीले नियुक्त गरेलगत्तै शपथ ग्रहण गराइने छ।

प्रधानमन्त्री बनेको भोलिपल्ट हिजो प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएर विभिन्न अस्पतालमा उपचाररत् घाइतेहरूलाई भेटेकी थिइन्।

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार ०९:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !