जेनजी प्रदर्शन अझै जारी, काठमाडौंका भित्री सडक तनावग्रस्त

जेनजी प्रदर्शन अझै जारी, काठमाडौंका भित्री सडक तनावग्रस्त
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १८:४१
जेनजी प्रदर्शन अझै जारी, काठमाडौंका भित्री सडक तनावग्रस्त

काठमाडौं : काठमाडौंको बानेश्वर लगायतका क्षेत्र आज दिनभरि तनाव ग्रस्त बन्यो ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका प्रहरीले हस्तक्षेत्र गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

ADVERTISEMENT

प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौं उपत्यकामा १६ जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको गोली लागेर सहकर्मीको मृत्यु भएपछि जेनजीहरू थप आक्रोशित भएका छन् । उनीहरूले बानेश्वरस्थित संसद् भवन अगाडिका सडक नै कब्जा गरेर दिनभरि नै प्रदर्शन गरे ।

प्रदर्शनलाई दमन गर्न प्रहरीले दर्जनौं गोली चलायो भने अश्रुग्यास पनि प्रहार गर्‍यो । तर, पनि प्रदर्शनकारीहरूले सडक कब्जा गरिरहे ।

त्यसपछि भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू जारी गर्‍यो । तर, पनि प्रदर्शन रोकिएन । प्रदर्शन थप चर्किँदै गयो । प्रहरीले प्रदर्शनकारीलाई मुख्य सडकबाट धपाउन बल प्रयोग गर्‍यो ।

अहिले साँझपखदेखि भने प्रदर्शनकारीहरूले भित्री सडकमा पनि प्रदर्शन सुरु गरेका छन् ।

जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंको बानेश्वर आसपासको भित्री सडक तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १८:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !