माइतीघरमा जेनजीको प्रदर्शनमा बढ्दै भिड

माइतीघरमा जेनजीको प्रदर्शनमा बढ्दै भिड
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १०:३९
माइतीघरमा जेनजीको प्रदर्शनमा बढ्दै भिड

काठमाडौं : सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाले गरेको प्रदर्शनमा सहभागीहरूको संख्या बढ्दै गएको छ।

प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै सडकमा नारा लगाएका छन्। राष्ट्रिय झण्डा बोकेर आएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् भने ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शनमा देखिएका छन्। कतिपय प्रदर्शनकारी स्कुल–कलेजको पोशाकमै सहभागी भएका छन्।

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत आह्वान गरिएको प्रदर्शनमा सहभागी युवाहरूले कुनै पनि राजनीतिक दलका नेता वा कार्यकर्तालाई सहभागी नगराउने बताएका छन्। उनीहरूले प्रदर्शन शान्तिपूर्ण राख्ने प्रतिबद्धता व्यक्त गर्दै रुखबिरुवा नफोड्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी वा तोडफोड नगर्ने, धाकधम्की नदिने र जिम्मेवार ढंगले प्रस्तुत हुने प्रतिज्ञा गरेका छन्।

घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकर्मीको उपस्थिति भने बढाइएको छ। काठमाडौं बाहेक जनकपुरधाम, रुपन्देही, दाङलगायतका जिल्लामा पनि जेनजी युवाहरूले यस्तै विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १०:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !