सर्लाहीमा जनमत पार्टीको जनसंपर्क यात्रा सुरु

सर्लाहीमा जनमत पार्टीको जनसंपर्क यात्रा सुरु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २०, शुक्रबार २०:३६
सर्लाहीमा जनमत पार्टीको जनसंपर्क यात्रा सुरु

चन्दन कुमार , सर्लाही : सर्लाहीको बलरा नगरपालिकाबाट जनमत पार्टी जिल्ला समन्वय समितिले घर–घरमा पुग्ने जनसंपर्क अभियान सुरु गरेको छ।

बलरा नगरपालिका–९ नरहरगञ्जमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवले अभियानको उद्घाटन गरे। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू राकेश मिश्र, सञ्जय कुमार सिंह, बलरा नगर कमिटी अध्यक्ष हरिन्द्र प्रसाद यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

नेताहरूले आफ्नो मन्तव्यमा अभियानका एजेन्डालाई प्राथमिकता दिँदै घर–घरमा पार्टीको नीति–विचार पुर्‍याउने आवश्यकता औंल्याए। जिल्ला इन्चार्ज यादवका अनुसार, यो अभियान बलरा नगरपालिकाका सबै वडासहित सर्लाही जिल्लाभरी रहेका २० पालिका र २०० वडामा सञ्चालन गरिनेछ।

उनका अनुसार अभियानको मुख्य उद्देश्य जनतामाझ जनमत पार्टीको विचारधारा र नीति पुर्‍याउनु तथा २०८४ सालको प्रतिनिधि सभा चुनावमा बहुमत हासिल गरी डा. सीके राउतलाई प्रधानमन्त्री बनाउन योगदान पुर्‍याउनु रहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार २०:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !