जनमत पार्टीले आश्विन मसान्तभित्र बूथस्तरमा युवा दस्ता गठन गर्ने

जनमत पार्टीले आश्विन मसान्तभित्र बूथस्तरमा युवा दस्ता गठन गर्ने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २०, शुक्रबार १४:५४
जनमत पार्टीले आश्विन मसान्तभित्र बूथस्तरमा युवा दस्ता गठन गर्ने

जनकपुरधाम : जनमत पार्टीले बूथ स्तरसम्म युवा दस्ता गठन गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार यसका लागि आवश्यक प्रशिक्षण केन्द्रीय स्तरमै सम्पन्न भइसकेको छ।

ADVERTISEMENT

महासचिव चन्दन सिंहद्वारा जारी विज्ञप्तिमा आउँदो २०८२ साल आश्विन मसान्तभित्र प्रत्येक बूथमा युवा दस्ता गठन गर्न निर्देशन दिइएको छ। दस्ताको प्रशिक्षणका लागि प्रशिक्षकहरूसँग जिल्लास्तरमा समन्वय गर्न पनि भनिएको छ।

पार्टीले हरेक जिल्लामा प्रशिक्षकहरूको प्रशिक्षण सम्पन्न गरी, त्यसपछि बूथस्तरमा युवा दस्ता गठनको जिम्मेवारी बाँडफाँड गर्न आग्रह गरेको छ।

जनमत पार्टीले जारी गरेको मार्ग निर्देशनअनुसार हरेक बूथस्तरमा करिब २० जना सदस्य रहने युवा दस्ता बनाउनुपर्नेछ। दस्तामा एक जना टीम लीडर तोकिने र सकेसम्म २५ वर्ष मुनिका युवा सदस्य रहने व्यवस्था गरिने उल्लेख छ। साथै, बाइक भएको वा बाइक चलाउन सक्ने युवालाई प्राथमिकता दिने भनिएको छ।

दस्तामा सम्भव भएसम्म वडा, पालिका र जिल्ला समितिमा नभएका नयाँ सदस्यलाई समावेश गर्ने जनमत पार्टीका महासचिव सिंहले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १४:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !