सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २०, शुक्रबार ११:००
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : कमलामाई कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले आज बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको हो । दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार ११:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !