सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २०, शुक्रबार ०७:५२
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन्।

ADVERTISEMENT

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ।

यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु।’

सरकारको निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी खोसिने भन्दै उनले उक्त कदम तरुन्त सच्याउन माग गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार ०७:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !