जनमतको समन्वय बैठक भदौ ३० गतेदेखि असोज ५ गतेसम्म

जनमतको समन्वय बैठक भदौ ३० गतेदेखि असोज ५ गतेसम्म
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १९, बिहीबार ०९:४७
जनमतको समन्वय बैठक भदौ ३० गतेदेखि असोज ५ गतेसम्म

काठमाडौं : जनमत पार्टीले राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम यही भदौ अन्तिमदेखि सुरु गर्ने भएको छ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवका अनुसार बैठक र प्रशिक्षण कार्यक्रम भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुनेछ। पहिलो चरणमा बाँकेमा सुरु हुने कार्यक्रम क्रमशः बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा हुने जानकारी उनले दिएका छन्।

ADVERTISEMENT

बैठकमा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतसहित परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका प्रमुख, वडाध्यक्ष र सचिवहरू सहभागी हुने प्रवक्ता यादवले बताए।

उनका अनुसार सहभागीहरू अनिवार्य रूपमा तीन पटक बैठक बसेको विस्तृत विवरणको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। यसबारे सूचना आजै जारी गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार ०९:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !