रुपन्देही–३ उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार धनिराम चौधरी

रुपन्देही–३ उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार धनिराम चौधरी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १७, मंगलवार १४:१८
रुपन्देही–३ उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार धनिराम चौधरी

बुटवल : जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

जनमत पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवका अनुसार पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

ADVERTISEMENT

रुपन्देही सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। केही समयअघि उनले नागरिक उन्मुक्ति पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए।

चौधरीलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले रुपन्देही आगमनका क्रममा पार्टी प्रवेश गराएका थिए। सामाजिक क्षेत्रमै सक्रिय रहेका चौधरी शिक्षादेखि रोजगारी र पूर्वाधार विकासका विषयलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएका छन्।

स्थानीय स्तरमा उनले युवालाई स्वरोजगारसँग जोड्ने अभियान सञ्चालन गरेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षा सुधारका लागि पनि उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

राजनीति प्रवेश गर्नु अघि चौधरी विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध रहेर लामो समयदेखि सामुदायिक नेतृत्व गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १४:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !