गोपाल सेवा समितिद्वारा लहानमा वृक्षारोपण तथा सरसफाइ अभियान सम्पन्न

गोपाल सेवा समितिद्वारा लहानमा वृक्षारोपण तथा सरसफाइ अभियान सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १७, मंगलवार १०:४६
गोपाल सेवा समितिद्वारा लहानमा वृक्षारोपण तथा सरसफाइ अभियान सम्पन्न

लहान : गोपाल सेवा समिति लहानले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार जेएस मुरारका बहुमुखी क्याम्पस, लहानमा भएको कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादव र लहान नगरपालिकाका मेयर महेशकुमार चौधरीको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा समितिका पदाधिकारी, समाजसेवी, विद्यार्थी, स्थानीयवासीसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको समितिले जनाएको छ।

समितिका पदाधिकारीहरूले प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र हरित लहान निर्माणका लागि निरन्तर योगदान दिने प्रतिबद्धता जनाएका छन्।

सहभागीहरूले पनि ‘वृक्षारोपण गरी, प्रकृति संरक्षण गरौँ’ भन्ने नारासहित पर्यावरणीय सचेतना फैलाउन र सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गरेका थिए।

स्थापना दिवसअन्तर्गत क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै आसपास क्षेत्रको सफा–सफाइ अभियानसमेत सञ्चालन गरिएको समितिले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १०:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !