देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योग कमजोर अवस्थामा : अध्यक्ष यादव

देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योग कमजोर अवस्थामा : अध्यक्ष यादव
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार २०:२६
देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योग कमजोर अवस्थामा : अध्यक्ष यादव

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योग क्षेत्र दिनप्रतिदिन कमजोर बन्दै गएको बताएका छन्।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरीय सेवा सुनिश्चित गर्न सबै पक्षको सकारात्मक भूमिका अपरिहार्य रहेको बताए।

ADVERTISEMENT

यादवले चुरे क्षेत्रको विनाशका कारण कृषि क्षेत्र विगतदेखि नै संकटमा परेको उल्लेख गर्दै हाल ल्याइएको भूमिसम्बन्धी अध्यादेशले थप समस्या सिर्जना गर्ने जोखिम बढेको दाबी गरे।

जसपा महासचिव तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पनि उक्त अध्यादेश तराई–मधेसका लागि प्रतिकूल हुने तर्क गर्दै यसले यहाँ जनसङ्ख्याको चाप झन् बढाउने चेतावनी दिए।

अधिवेशनमा मधेस प्रदेशका आठ जिल्लाबाट आएका प्रतिनिधि र पर्यवेक्षकसहित करिब २५० जना स्वास्थ्यकर्मी सहभागी भएका छन्। अधिवेशन आइतबार सम्पन्न हुने कार्यक्रम छ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार २०:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !