मधेश प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान

मधेश प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १९:३७
मधेश प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज साँझ स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री सिंहले स्विट्जरल्याण्डमा “अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकार अबधेश कुमार झाले बताए ।

ADVERTISEMENT

यो भ्रमण संघीय प्रणाली अन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा अध्ययन गर्न महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री सिंह आगामी भदौ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १९:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !