जनकपुरको झण्डा चोकमा दुई समुदायबीच झडप, चार सेल अश्रुग्यास प्रहार

जनकपुरको झण्डा चोकमा दुई समुदायबीच झडप, चार सेल अश्रुग्यास प्रहार
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १७:१८
जनकपुरको झण्डा चोकमा दुई समुदायबीच झडप, चार सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू समुदाय र मुस्लिम समुदायबीच झडप भएको छ ।

मुर्ती विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा दुई समुदनयबीच विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गा मुढासँगै झडप भएको हो ।

ADVERTISEMENT

झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
झडपमा घाइते भएकाको विवरण अहिलेसम्म प्रहरी समक्ष नआएको डिएसपी सिंहले बताए ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १७:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !