लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार ११:५४
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

रुपन्देही: लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमानको शनिबार बिहान ९ बजे हृदयाघातका कारण घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ADVERTISEMENT

परम्परागत रूपमा आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए ।

सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार ११:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !