रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १३, शुक्रबार १९:५४
रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन्।

साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

ADVERTISEMENT

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको उजुरी परेपछि उनी गत बुधबार पक्राउ परेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार १९:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !