आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १३, शुक्रबार ०९:०७
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ ।

ADVERTISEMENT

आज दिउँसो देशभर बदली हुने छ भने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधरणतया बदली हुनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव(डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ०९:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !