विद्यालय फर्किए दलित समुदायका बालबालिका

विद्यालय फर्किए दलित समुदायका बालबालिका
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार ०५:५५
विद्यालय फर्किए दलित समुदायका बालबालिका

सिरहा : लहान नगरपालिका–१८ का दलित तथा मुसहर समुदायका विद्यालय छाडेका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनः विद्यालय फर्किएका छन्।

शैक्षिक सामग्री वितरण र निःशुल्क ट्युसन कक्षा सञ्चालन भएपछि कक्षा १ देखि ८ सम्मका ६० जना बालबालिका विद्यालय फर्किएका हुन्।

ADVERTISEMENT

बुधबार मात्रै विसनपुर र शोभापुरका ४९ जना विपन्न बालबालिकालाई झोला, कापी, छाता, पानी बोतल, जुत्ता, पोसाक, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको थियो। सामग्री वितरण नगरप्रमुख महेशप्रसाद चौधरीले गरेका थिए।

नगरप्रमुख चौधरीले भने, “हामी विद्यालय सुधारमा लागिपरेका छौँ। दलित तथा विपन्न समुदायका बालबालिकाले विद्यालय नछाडून् भन्ने हेतुले शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिइरहेका छौँ।”

रोटरी क्लब काठमाडौँको आर्थिक सहयोगमा र दलित जनकल्याण युवा क्लबको आयोजनामा कार्यक्रम गरिएको हो।

क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्खेले विसनपुर, शोभापुर र लहान–१३ को घलेटोलका विद्यालय छाडेका बालबालिकालाई पुनः भर्ना गराइएको जानकारी दिए।

उनले भने, “यो कार्यक्रम लहान नगरपालिकासँगको समन्वयमा अघि बढाइएको हो। विद्यालयबाट विमुख बालबालिकालाई पुनः शिक्षामा फर्काउन हामीले ट्युसन कक्षा, शैक्षिक सामग्री वितरण र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।”

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार ०५:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !