उखु किसानको आन्दोलनप्रति जनमतको ऐक्यबद्धता

उखु किसानको आन्दोलनप्रति जनमतको ऐक्यबद्धता
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार १५:३१
उखु किसानको आन्दोलनप्रति जनमतको ऐक्यबद्धता

काठमाडौं : उखु किसानको आन्दोलनप्रति जनमत पार्टीले पूर्ण समर्थन जनाएको छ।

बुधबार माइतीघर मण्डलामा जारी धर्नास्थलमा पुगेर पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत र प्रवक्ता डा. शरद सिंह यादवले किसानसँग ऐक्यबद्धता व्यक्त गर्दै सरकारले उनीहरूको जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरे।

ADVERTISEMENT

गत वर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। तर यस वर्ष अनुदान कटौती गरी ३५ रुपैयाँ मात्रै दिने निर्णय भएपछि किसानहरू आक्रोशित भएका हुन्। यससँगै चिनी उद्योगबाट अझै नउठेको बक्यौता भुक्तानी माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्।

सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीलगायत जिल्लाबाट आएका किसानहरू काठमाडौंमा निरन्तर धर्ना र प्रदर्शन गरिरहेका छन्।

जनमत पार्टीका नेताहरूले किसानको आन्दोलन देशको कृषि, किसान र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै सरकारले छिट्टै माग सम्बोधन नगरे आन्दोलन अझ व्यापक बन्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १५:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !