प्रेमिकाको ह’ त्या गरी सुटकेसमा फ्याँक्ने पासवान पक्राउ

प्रेमिकाको ह’ त्या गरी सुटकेसमा फ्याँक्ने पासवान पक्राउ
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ११, बुधबार १०:१३
प्रेमिकाको ह’ त्या गरी सुटकेसमा फ्याँक्ने पासवान पक्राउ

रौतहट : रौतहटमा आफ्नै प्रेमिकाको हत्या गरी सुटकेसमा हालेर फ्याँकेका लक्ष्मण पासवान पक्राउ परेका छन्।

गत भदौ ७ गते गौर नगरपालिका–९ मुडवलवा सडकछेउ सुटकेसभित्र २६ वर्षीया रुबि साहको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार गौरस्थित डेरामै हत्या गरेर पासवानले शव फ्याँकेका थिए।

ADVERTISEMENT

बुधबार माधवनारायण नगरपालिका–६ नजिक आमबगैँचामा पेट्रोल छर्की आत्महत्याको प्रयास गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ।

यसअघि शव व्यवस्थापनमा सहयोग गरेको अभियोगमा रिक्षाचालक राजकुमार महरा पक्राउ परिसकेका थिए।

प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पासवानले आत्महत्याको प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १०:१३
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !