झापामा सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको खुलेन पहिचान, चालक नियन्त्रणमा

झापामा सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको खुलेन पहिचान, चालक नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार ०९:०१
झापामा सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको खुलेन पहिचान, चालक नियन्त्रणमा

झापा : झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ। झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा गएराति मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोकिँदा दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार राति करिब ८ः४० बजे भएको दुर्घटनामा मारुती भ्यानका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुलेको छैन।

ADVERTISEMENT

सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्।

उनीहरूको बीएन्डसी अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ। बोलेरो चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०९:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !