“सबैलाको बलुवा खोलामा वडाध्यक्ष यादवद्वारा श्रमदानमा बनेको काठेपुल सञ्चालन, शुल्क मुक्त”

“सबैलाको बलुवा खोलामा वडाध्यक्ष यादवद्वारा श्रमदानमा बनेको काठेपुल सञ्चालन, शुल्क मुक्त”
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८२ भाद्र १०, मंगलवार १३:०५
“सबैलाको बलुवा खोलामा वडाध्यक्ष यादवद्वारा श्रमदानमा बनेको काठेपुल सञ्चालन, शुल्क मुक्त”

जनकपुरधाम : सबैला नगरपालिका–११ ईनर्वा–सबैला सडक खण्डमा बलुवा नदिमा काठेपुल निर्माण भएको छ।

सबैला–११ का वडाध्यक्ष समाजसेवी इन्जिनियर सरोज यादवले स्थानीय जनताको कठिनाइ देखेर स्वयं श्रमदान गर्दै यो काठेपुल निर्माण गरेका हुन्।

ADVERTISEMENT

वडाध्यक्ष यादवले भने, यो मार्ग ईनर्वादेखि सबैला जाने प्रमुख बाटो हो र अन्य मार्गको तुलनामा छोटो दूरीको सडक रहेको बताए ।

उनले भने, ‘विगत ८ वर्षदेखि बलुवा नदिमा पक्की पुल निर्माण भइरहेको भए पनि अहिलेसम्म काम पूरा नभएकाले स्थानीयले लामो दूरीको बाटो प्रयोग गर्नुपर्थ्यो।’

“अब यो काठेपुल सञ्चालनमा आएपछि स्थानीय बासीहरूले सबैला जाने सबैभन्दा छोटो दूरीको मार्ग प्रयोग गर्न सक्नेछन्। काठेपुलमा पैदल र मोटरसाइकल दुवै आवतजावत गर्न सकिन्छ र यसमा कुनै शुल्क लाग्दैन।”

काठेपुल निर्माणमा सहयोग पुर्‍याउने र श्रमदानमा सहभागी सबैलाई वडाध्यक्ष यादवले धन्यवाद दिएका छन्। निर्माण सम्पन्नपछि स्थानीयहरूले खुल्लमखुल्ला वडाध्यक्ष यादवको प्रशंसा गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १३:०५
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !