महोत्तरीको सोनमा गाउँपालिकामा आज विदा

महोत्तरीको सोनमा गाउँपालिकामा आज विदा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार १०:४४
महोत्तरीको सोनमा गाउँपालिकामा आज विदा

जनकपुरधाम : महोत्तरीको सोनमा गाउँपालिकाले आज (मंगलवार) स्थानीय विदा दिएको छ।

मिथिला क्षेत्रको प्रसिद्ध चौरचन पर्व र हरितालिका तीज एकै दिन परेको कारण गाउँपालिकाले विदा दिएको हो ।

ADVERTISEMENT

गाउँपालिकाले अति आवश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा विदा हुने जानकारी सार्वजनिक गरेको छ ।

सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले विज्ञप्तिमार्फत चौरचन पर्व र हरितालिका तीजका अवसरमा सम्पूर्ण गाउँपालिका वासीलाइ हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १०:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !