सप्तरीमा सडक निर्माणको शिलान्यास

सप्तरीमा सडक निर्माणको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार ०९:४४
सप्तरीमा सडक निर्माणको शिलान्यास

सप्तरी : बोदेबर्साईन नगरपालिका–३ गौरा, सारस्वर, मधुबन हुँदै बलान बिहुल गाउँपालिका–१ बलानपट्टिसम्म पक्की सडक निर्माण कार्यको शिलान्यास गरिएको छ।

मधेश प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंह यादव र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले संयुक्त रुपमा भूमिपूजन गरी सोमबार उक्त सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।

ADVERTISEMENT

पूर्वाधार विकास कार्यालय राजविराजले करिब रु. १४ करोड ८६ लाख २० हजार ८ सय ४५ लागतमा सडक निर्माणको ठेक्का लगाएको जनाएको छ। निर्माण कार्य आगामी २०८४ असार १९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ०९:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !