जनकपुरधाममा निजी विद्यालय सञ्चालकद्वारा प्रदर्शन

जनकपुरधाममा निजी विद्यालय सञ्चालकद्वारा प्रदर्शन
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८२ भाद्र ९, सोमबार २०:३३
जनकपुरधाममा निजी विद्यालय सञ्चालकद्वारा प्रदर्शन

जनकपुरधाम : संघीय विद्यालय शिक्षा विधेयकमार्फत निजी विद्यालय बन्द हुने अवस्था आउने भन्दै जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूले विरोध प्रदर्शन गरेका छन्।

प्याव्सन, नेपाल प्याव्सन, हिसान र अपेनको प्रदेश समिति संयुक्त रूपमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन सोमबार जनकपुरधाममा सम्पन्न भएको हो। उनीहरूले विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालय सम्बन्धी प्रावधान सच्याउन माग गरेका छन्।

ADVERTISEMENT

विरोध जुलुस जनकपुरधामका विभिन्न चोक हुँदै मधेश प्रदेश सभासम्म पुगेको थियो। त्यसपछि भएको कोणसभामा बोल्दै सञ्चालकहरूले निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रावधानप्रति आक्रोश व्यक्त गरे।

उनीहरूले भने, “विद्यालय शिक्षा विधेयकले निजी विद्यालय बन्द गर्ने बाटो खोल्दैछ। यसलाई तत्काल सच्याइएन भने हामी निरन्तर सडकमा आउन बाध्य हुनेछौं।”

सञ्चालकहरूले संघीय विद्यालय शिक्षा विधेयकका विवादास्पद धाराहरू तत्काल संशोधन नगरे आन्दोलनलाई अझ तीव्र बनाउने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार २०:३३
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !