गौर प्रादेशिक अस्पतालको टोली हैजा नियन्त्रणका लागि वीरगञ्जमा

गौर प्रादेशिक अस्पतालको टोली हैजा नियन्त्रणका लागि वीरगञ्जमा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १५:३०
गौर प्रादेशिक अस्पतालको टोली हैजा नियन्त्रणका लागि वीरगञ्जमा

वीरगञ्ज : वीरगञ्ज महानगर क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट दुई चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।

गत शुक्रबारदेखि वीरगञ्ज आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखिन थालेपछि गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको टोली आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा पुगेको हो।

ADVERTISEMENT

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सहयोगस्वरूप चिकित्सकसहितको टोली पठाइएको जानकारी दिए।

“दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौं,” उनले भने, “उनीहरूले संक्रमित क्षेत्रका बिरामीको उपचारका साथै नियन्त्रणमा सहयोग गर्नेछन्।”

वीरगञ्जमा अहिलेसम्म ७९ जनामा हैजा पुष्टि भएको छ भने झाडापखालाका लक्षण देखिएका १०३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नारायणी अस्पतालले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १५:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !