मोटरसाइकल र टाटा सुमो ठोक्किँदा चालक गम्भीर घाइते

मोटरसाइकल र टाटा सुमो ठोक्किँदा चालक गम्भीर घाइते
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार ०१:३१
मोटरसाइकल र टाटा सुमो ठोक्किँदा चालक गम्भीर घाइते

कलैया : बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौकमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको छ।

ADVERTISEMENT

घाइतेलाई तत्काल उपचारका लागि नौतनस्थित एल.एस न्युरो अस्पतालमा लगिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार ०१:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !