प्रेस जनमत संघको आग्रह : “पत्रकार महासंघमा सदस्यता वितरणमा देखिएको विभेद अन्त्य होस्”

प्रेस जनमत संघको आग्रह : “पत्रकार महासंघमा सदस्यता वितरणमा देखिएको विभेद अन्त्य होस्”
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १८:४४
प्रेस जनमत संघको आग्रह : “पत्रकार महासंघमा सदस्यता वितरणमा देखिएको विभेद अन्त्य होस्”

काठमाडौं : प्रेस जनमत संघले नेपाल पत्रकार महासंघलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियामा देखिएको विभेद तत्काल अन्त्य गर्न आग्रह गरेको छ।

संघका अध्यक्ष अवधेश कुमार झाले आइतबार महासंघ अध्यक्ष निर्मला शर्मालाई ज्ञापनपत्र बुझाउँदै आस्थाका आधारमा सदस्यता दिने वा रोक्ने प्रवृत्ति महासंघको साझा चरित्रविपरीत भएको बताएका छन्।

ADVERTISEMENT

ज्ञापनपत्रमा नेतृत्वसँग आस्था राख्नेहरूको सदस्यता सहजै नवीकरण हुने तर फरक आस्था राख्ने पत्रकारको सदस्यता खारेज वा अस्वीकृत गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाइएको छ।

“सदस्यताको शुद्धिकरण आवश्यक भए पनि त्यसलाई आधार बनाएर व्यक्तिगत रिसइवी गर्ने वा काठमाण्डौ र तराई–मधेशमा फरक–फरक मापदण्ड लागू गर्नु अन्यायपूर्ण हो,” ज्ञापनपत्रमा उल्लेख छ।

गत निर्वाचनताका शुद्धिकरणका नाममा भएको अन्याय सच्याउन माग गर्दै संघले महासंघलाई साँच्चिकै सबै पत्रकारहरूको साझा संगठनका रूपमा कायम राख्नुपर्नेमा जोड दिएको छ।

संघले महासंघमार्फत प्राप्त हुने अवसरमा सबै पत्रकारले समान अधिकार र अपनत्वको अनुभव गर्न सक्ने वातावरण बनाउन पनि आग्रह गरेको छ।

ज्ञापनपत्र बुझाउने क्रममा महासंघ अध्यक्ष शर्मासहित उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाललगायतका पदाधिकारी र प्रेस जनमत संघ अध्यक्ष झालेसँगै सह-अध्यक्ष आरएन विश्वास, केन्द्रीय सदस्य जितेन्द्र खड्गालगायतका पत्रकारहरूको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १८:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !