जसपा नेपालले गरे जनकपुरधाममा विरोध प्रदर्शन

जसपा नेपालले गरे जनकपुरधाममा विरोध प्रदर्शन
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ भाद्र ८, आईतवार १६:४९
जसपा नेपालले गरे जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोपको विरोधस्वरुप जनकपुरधाममा विशाल विरोध प्रदर्शन गरिएको छ।

आइतबार जसपा नेपाल धनुषाको आयोजनामा भएको विरोध प्रदर्शन जनकचोकबाट सुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो। हजारौँ कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको उक्त प्रदर्शनमा सरकारलाई मधेशविरुद्धका षड्यन्त्र तत्काल रोक्न चेतावनी दिइयो।

ADVERTISEMENT

नेतृत्वद्वारा सम्बोधित कोणसभामा वक्ताहरूले भूमि विधेयकमा असहयोग गरेको झोकमा अध्यक्ष यादवलाई गौर घटनामा फसाउने षड्यन्त्र भइरहेको आरोप लगाए। उनीहरूले सरकारको तीव्र आलोचना गर्दै मधेशलाई उपेक्षा गर्ने गतिविधि सह्य नहुने चेतावनीसमेत दिए।

प्रदर्शनका क्रममा ‘भूमि विधेयक फिर्ता गर’, ‘झुठा मुद्दा खारेज गर’, ‘मधेशमाथि षड्यन्त्र बन्द गर’ जस्ता नारा लगाइएका थिए।

नेताहरूले भूमि विधेयकमार्फत मधेशलाई औपनिवेशिकरण गर्ने र मरुभूमिमा परिणत गर्ने योजना अघि बढाइरहेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने घोषणा गरे। साथै, १८ वर्ष पुरानो मुद्दामा यादवलाई फसाउन राज्य संयन्त्र लागेको दाबीसमेत गरिएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १६:४९
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !