रुपन्देही–३ को उपनिर्वाचनमा २६ दललाई निर्वाचन चिन्ह निर्धारण

रुपन्देही–३ को उपनिर्वाचनमा २६ दललाई निर्वाचन चिन्ह निर्धारण
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १५:३६
रुपन्देही–३ को उपनिर्वाचनमा २६ दललाई निर्वाचन चिन्ह निर्धारण

काठमाडौं : निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सहभागी २६ राजनीतिक दललाई निर्वाचन चिन्ह तोकेको छ। आगामी कात्तिक १७ गते सोमबार हुने उपनिर्वाचनका लागि आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै दर्ता भएका दललाई चिन्ह निर्धारण गरेको हो।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचन प्रयोजनका लागि दललाई दर्ता गरी निर्वाचन चिन्ह तोकिएको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) अनुसार चिन्ह प्रदान गरिएको आयोगका सचिव महादेव पन्थले जानकारी दिए।

ADVERTISEMENT

राजपत्रमा प्रकाशित सूचनाअनुसार नेकपा (एमाले) लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया–हथौडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई हलो, जनमत पार्टीलाई लाउड स्पिकर, र नेकपा (एकीकृत समाजवादी) लाई कलम निर्वाचन चिन्ह तोकिएको छ।

त्यसैगरी, राष्ट्रिय जनमोर्चालाई गिलास, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेपालका लागि नेपाली पार्टीलाई गोलाकारभित्र शङ्ख, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाललाई षट्कोण, जनता समाजवादी पार्टी (जसपा) लाई गोलाकारभित्र मुठ्ठी तोकिएको छ।

यस्तै अन्य दलमध्ये जनप्रजातान्त्रिक पार्टी, नेपाललाई गैडा, नेपाल जनमुक्ति पार्टीलाई घर, हाम्रो नेपाली पार्टीलाई लौरो र बहुजन शक्ति पार्टीलाई जग निर्वाचन चिन्ह तोकिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १५:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !