बक्यौता भुक्तानीको माग गर्दै उखुसहित माइतीघरमा किसानको धर्ना

बक्यौता भुक्तानीको माग गर्दै उखुसहित माइतीघरमा किसानको धर्ना
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १५:२७
बक्यौता भुक्तानीको माग गर्दै उखुसहित माइतीघरमा किसानको धर्ना

काठमाडौं : गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् । उखु उत्पादक महासंघ,उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि उखु किसान अघिल्लो आर्थिक वर्षको अनुदान पनि नआउने हो की भन्ने त्रासमा छन् । उनीहरूले गत वर्षकै अनुदानसमेत आधा कटौती गर्न लागेको आंशका गरेका छन् ।

ADVERTISEMENT

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन,उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर ,मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

कृषकहरूले सरकारले अनुदान रकम कटौती गरे अब उखु खेती गर्ने अवस्था नआउने जनाएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १५:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !