टिपर र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

टिपर र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १५:०४
टिपर र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

दाङ : दाङको गढवा गाउँपालिका-१ धोर्देमा टिपर र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ।

ना.८ ख ८२५९ नम्बरको टिपर र लु.३९ प ८३९० नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका-५ बस्ने २० वर्षीय सुशिल थापाको मृत्यु भएको हो।

ADVERTISEMENT

आइतबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १५:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !