गौरमा सुटकेसभित्र ३० वर्षीय महिलाको शव फेला, पहिचान खुल्न बाँकी

गौरमा सुटकेसभित्र ३० वर्षीय महिलाको शव फेला, पहिचान खुल्न बाँकी
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ८, आईतवार ०९:४०
गौरमा सुटकेसभित्र ३० वर्षीय महिलाको शव फेला, पहिचान खुल्न बाँकी

रौतहट : रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै शनिबार राति सडक किनारमा राखिएको सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार बिहान डिएसपी राजन कार्कीको नेतृत्वमा खोलिएको सो सुटकेसमा करिब ३० वर्षीया महिलाको शव कोचेर राखिएको अवस्थामा भेटिएको हो। शव डोरीले बाँधिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीले शवको पहिचान खुल्न बाँकी रहेको र मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जानकारी दिएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरू पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसिटिभी फुटेजसमेत जाँच गरिरहेको डिएसपी कार्कीले बताए।

पछिल्लो एक सातामा मात्रै रौतहटमा तीन वटा शव फेला परेका छन्। यसअघि सप्तरीका उपेन्द्र भगत गौरस्थित नेपाल लजभित्र मृत भेटिएका थिए भने गौर–५ मा सहाबुदिन मियाँको छुरा प्रहारबाट हत्या भएको थियो।

लगातार शव भेटिन थालेपछि जिल्लामा सुरक्षा चिन्ता बढेको छ। प्रहरीले घटनाको गहन अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०९:४०
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !