गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेला

गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेला
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ८, आईतवार ०९:१८
गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेला

रौतहट : रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक शनिबार राति एक सुटकेशभित्र महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो। शवमा साडी छिरिएको अवस्थामा भेटिएकोले हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

ADVERTISEMENT

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०९:१८
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !