जनकपुरमा अन्डरएज राखेर यौनधन्दा सञ्चालन गरेको होटल सञ्चालक पक्राउ

जनकपुरमा अन्डरएज राखेर यौनधन्दा सञ्चालन गरेको होटल सञ्चालक पक्राउ
राधेश्याम राउत राधेश्याम राउत २०८२ भाद्र ७, शनिबार १९:५२
जनकपुरमा अन्डरएज राखेर यौनधन्दा सञ्चालन गरेको होटल सञ्चालक पक्राउ

जनकपुरधाम : मधेश प्रदेशका राजधानी जनकपुरधाममा यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–४ मुरलीचौक (विद्यापतिचौक) मा सञ्चालित होटल मधेश प्रदेशका सञ्चालक अजिज राईनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले कम उमेरकी किशोरीलाई राखेर यौनधन्दा सञ्चालन गरेको आरोप छ।

ADVERTISEMENT

विगतदेखि नै होटलमार्फत यौनधन्दामा संलग्न रहेको आरोप लाग्दै आएका राईनमाथि मानव बेचबिखन र जबरजस्ती करणीमा संलग्नताको आरोप रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। विशेष सूचनाका आधारमा शुक्रबार होटलमा छापा मार्दा उनलाई रङ्गेहात पक्राउ गरिएको हो।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार होटलमा अन्डरएज किशोरीलाई राखेर यौनधन्दा गराउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको हो। उनले भने, “राईनमाथि बलात्कारजन्य अपराध र मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको छ।”

जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेला घर भएका राईनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १९:५२
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !