जसपा नेपालले भूमि विधेयकविरुद्ध ९ गतेदेखि विरोध थाल्ने

जसपा नेपालले भूमि विधेयकविरुद्ध ९ गतेदेखि विरोध थाल्ने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १९:३४
जसपा नेपालले भूमि विधेयकविरुद्ध ९ गतेदेखि विरोध थाल्ने

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदबाट हालै पारित भूमि सम्बन्धी विधेयकविरुद्ध देशव्यापी विरोध कार्यक्रम सुरु गर्ने भएको छ।

शनिबार पार्टीका विभिन्न संगठनात्मक संरचनालाई सर्कुलर पठाउँदै जसपा नेपालका महासचिव लालबाबु राउतले भदौ ९ देखि १५ गतेसम्म विभिन्न सहरमा विरोध प्रदर्शन गर्ने तयारी थाल्न निर्देशन दिएको हो।

ADVERTISEMENT

जसपाको भनाइमा भूमि सम्बन्धी विधेयकले भू–माफिया र जग्गा दलाललाई लाभ पुग्ने मात्र नभई वन विनाश र पर्यावरणीय संकट निम्त्याउँदै तराई/मधेसलाई मरुभूमिकरणतर्फ लैजाने खतरा छ।

पार्टीले भूमि र वन संरक्षण तथा जैविक विविधता जोगाउन ‘भूमि र वन बचाऔँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान सञ्चालन गर्ने जनाएको छ।

सर्कुलरमा भनिएको छ, “सरकारले ल्याएको भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको हुँदा जसपा नेपाल सुरुदेखि नै यसको विपक्षमा छ। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विवादित विधेयकलाई अघि बढाइएपछि केन्द्रीय सचिवालयको निर्णयअनुसार देशका विभिन्न सहरमा ब्यापक विरोध प्रदर्शन गरिनेछ।”

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १९:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !