कपिलवस्तुमा जनमत पार्टी प्रवेश तथा वडा कार्यसमिति पुनर्गठन

कपिलवस्तुमा जनमत पार्टी प्रवेश तथा वडा कार्यसमिति पुनर्गठन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार १७:५०
कपिलवस्तुमा जनमत पार्टी प्रवेश तथा वडा कार्यसमिति पुनर्गठन

कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–८, बिजुवामा जनमत पार्टी प्रवेश तथा वडा कार्यसमिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब ३५० जना जनमत पार्टीमा प्रवेश गरेका छन् । सो अवसरमा पार्टीका नेता–कार्यकर्ताले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रमको अध्यक्षता ई. दलीप कुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथि जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी रहेका थिए ।

सो कार्यक्रममा जिल्ला इञ्चार्ज रियाज अहमद खान, नेता धिरज चौधरी, केन्द्रीय सदस्य सितराम पटेल, विनोद कुमार चौधरी, रउफ मुसलमान, सागर बर्मा, रामकेवाल यादव, पुनर्वासी यादव, युवा नेता जयप्रकाश चौधरी, मायादेवी गाउँपालिका अध्यक्ष महेन्द्र चौधरीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

सोही अवसरमा विंध्याचल चौधरी कुर्मीको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कार्यसमिति गठन गरिएको छ ।

कार्यक्रममा वक्ताहरूले नवगठित समितिलाई बधाई तथा शुभकामना दिँदै उपस्थित सम्पूर्णप्रति आभार प्रकट गरेका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १७:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !