पर्सामा इन्जिनियर हटाइएपछि एशोसिएसनको ध्यानाकर्षण

पर्सामा इन्जिनियर हटाइएपछि एशोसिएसनको ध्यानाकर्षण
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार २२:५४
पर्सामा इन्जिनियर हटाइएपछि एशोसिएसनको ध्यानाकर्षण

जनकपुरधाम : सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सामा कार्यरत करार र दैनिक ज्यालादारी प्राविधिक इन्जिनियरलाई कामकाजबाट हटाइएको प्रति
नेपाल इन्जिनियर्स एशोसिएसन, मधेश प्रदेशको ध्यानाकर्षण भएको छ।

एशोसिएसनका सभापति ई. गौरी पण्डित र सचिव ई. अजित कुमार मण्डलले शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र जारी गर्दै विगत चार–पाँच वर्षदेखि नियमित रुपमा काम गर्दै आएका केही कर्मचारीलाई २०८२ साल साउन महिनादेखि नियतवश हटाइएको घटनाले गम्भीर चासो उत्पन्न भएको जनाएका छन्।

ADVERTISEMENT

‘देशभरका निजी तथा सरकारी कलेजहरुबाट हरेक वर्ष करिब ८ हजार युवा इन्जिनियर उत्पादन भइरहेका छन्। तर रोजगारीको अभावकै बीच विगतदेखि काम गर्दै आएका इन्जिनियरलाई हटाइएकाले गम्भीर अवस्था सिर्जना भएको छ,’ पत्रमा भनिएको छ।

एशोसिएसनले तत्काल हटाइएका इन्जिनियरहरुलाई पुनः काममा खटाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, इन्जिनियरहरुको पेशागत अधिकार र अवसर सुनिश्चित गर्न सरकारले पहल गर्नुपर्ने माग गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार २२:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !