सहिदनगरका मेयर दिनेश यादवलाई जनमतका युवा नेता रमन यादवको प्रश्न

सहिदनगरका मेयर दिनेश यादवलाई जनमतका युवा नेता रमन यादवको प्रश्न
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार ००:३४
सहिदनगरका मेयर दिनेश यादवलाई जनमतका युवा नेता रमन यादवको प्रश्न

जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिका नेतृत्वलाई जनमत पार्टीका युवा नेता रमन यादवले कडा प्रश्न उठाएका छन्।

नगर प्रमुख दिनेश प्रसाद यादव र वडा अध्यक्षहरुमाथि आक्रोश व्यक्त गर्दै उनले तीन वर्ष चार महिनाको कार्यकालमा कुनै ठोस काम नगरेको आरोप लगाएका हुन्।

ADVERTISEMENT

उनका अनुसार वडा कार्यालयमा वडा सचिवको व्यवस्था नभएको, वडा स्वास्थ्य चौकीमा औषधि नपाइने, नगरपालिकामा आवश्यक कर्मचारी नहुने र कृषि सहकारीमा खाद्य अभाव रहने जस्ता समस्या समाधान गर्न नगर नेतृत्व असफल भएको छ।

“तपाईँहरुको चुनावी एजेन्डा शिक्षा, स्वास्थ्य, रोजगार र किसानका समस्या सम्बोधन गर्ने भन्ने थियो। तर, तीन वर्ष चार महिनामा कुन काम गर्नुभयो ?” उनले प्रश्न गरेका छन्।

रमन यादवले सहिदनगर नगरपालिका नेतृत्वलाई अब नाटक देखाएर जनतालाई छल्न नसक्ने चेतावनी दिएका छन्। उनका अनुसार पाँच वर्षको कार्यकाल नेकपा माओवादी नेतृत्वमा नाटकमै बित्यो भने वर्तमान पालिका नेतृत्वले समेत जनताको आशा पूरा गर्न नसकेको स्पष्ट हुँदै गएको छ।

“अब युवाको पालो आउँदैछ। हामी सहिदनगरलाई नयाँ ढंगले बनाउन तयार छौँ,” उनले भने।

 

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ००:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !