प्रहरी र प्रदर्शनकारीबीच झडप ,जसपाका दुई युवा नेता घाइते

प्रहरी र प्रदर्शनकारीबीच झडप ,जसपाका दुई युवा नेता घाइते
राधेश्याम राउत राधेश्याम राउत २०८२ भाद्र ४, बुधबार २१:०९
प्रहरी र प्रदर्शनकारीबीच झडप ,जसपाका दुई युवा नेता घाइते

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाद्वारा आयोजित विरोध कार्यक्रमका क्रममा भएको झडपमा दुई जना युवा नेता घाइते भएका छन्।

बुधबार जनकपुरस्थित रमेश चौकमा प्रदर्शनकारी र प्रहरीले बल प्रयोग गरेपछि जसपाका युवानेता सुरज महतो र पुण्यप्रसाद यादव घाइते भएको जसपा धनुषाका नेताले बताएका छन्।

ADVERTISEMENT

घाइते महतो र यादवलाई तत्काल जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गराइएपछि थप उपचारका लागि जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको युवा नेता दिपेन्द्र कापरीले जानकारी दिए।

जसपा नेपाल धनुषाले २०६३ चैतमा रौतहटको गौरमा घटेको नरसंहार घटनामा सर्वोच्च अदालतले हालै अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि त्यसको विरोधस्वरूप आन्दोलन थालेको थियो। सोही क्रममा प्रहरीले प्रदर्शन रोक्न बल प्रयोग गर्दा झडप हुन पुगेको जनाइएको छ।

जसपाले उक्त घटना ‘राजनीतिक प्रतिशोधका आधारमा गरिएको कदम’ भन्दै तत्काल परमादेश फिर्ता गर्न माग गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार २१:०९
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !