बूढानीलकण्ठमा कांग्रेस संसदीय दलको बैठक जारी

बूढानीलकण्ठमा कांग्रेस संसदीय दलको बैठक जारी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १३:१४
बूढानीलकण्ठमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ। बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र वरिष्ठ सांसदहरू सहभागी छन्।

ADVERTISEMENT

उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावसँगै भूमि, निजामती, विद्यालय शिक्षा, संवैधानिक परिषद्लगायत विधेयकका विषयमा छलफल जारी रहेको बताइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !