मधेश बन्द गर्ने जसपा नेपालको चेतावनी

मधेश बन्द गर्ने जसपा नेपालको चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार २३:०१
मधेश बन्द गर्ने जसपा नेपालको चेतावनी

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना नेताकार्यकर्ता रिहा नभए मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ।

जसपा मधेश प्रदेश समितिले मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डला र बबरमहल क्षेत्रमा मसाल जुलुस कार्यक्रमका क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेको हो।

ADVERTISEMENT

काठमाडौंबाट जसपाका प्रवक्ता मनिषकुमार सुमनसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा प्रदेश सांसद किरण साह, अम्बिका काफ्ले, पूर्व प्रदेशसभा सदस्य विकी यादव, केन्द्रीय सदस्य हंसा कुमारी साह, शशीकपुर मियाँ, बबि सिंह, भोगेन्द्र यादव, दिनेशकुमार यादव, विद्यार्थी संगठन अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापरी, युवा महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता ललन यादव र रेणु राज सिंह लगायत रहेका छन्।

जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले शान्तिपूर्ण प्रदर्शनबाट पक्राउ गर्नु गैर-लोकतान्त्रिक कदम भएको टिप्पणी गर्दै भने, “आन्दोलनकारीहरूलाई तत्काल रिहा गर्न माग गर्दछौं, नत्र मधेश बन्दबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ।”

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार २३:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !