वीरगन्जमा बिरुवा वितरण अभियान सुरु, वातावरण संरक्षणमा जोड

वीरगन्जमा बिरुवा वितरण अभियान सुरु, वातावरण संरक्षणमा जोड
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १८:४४
वीरगन्जमा बिरुवा वितरण अभियान सुरु, वातावरण संरक्षणमा जोड

पर्सा : वीरगन्ज महानगरपालिका–१६, नगवामा आज विभिन्न प्रजातिका फलफूल, छायाँ दिने तथा औषधीय गुणयुक्त बिरुवाहरू निशुल्क वितरण गर्दै वृक्षारोपण तथा संरक्षण अभियानको औपचारिक शुभारम्भ गरिएको छ।

वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति जागरुक बनाउँदै हरियाली प्रवर्द्धन र प्रदूषण न्यूनीकरणका लागि योगदान दिने उद्देश्य लिइएको छ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका पर्सा अध्यक्ष एवं युवा नेता ओम प्रकाश सरार्फले बिरुवा वितरण गर्दै अभियानको सुरुवात गरेका थियो। उनले रुख रोपेर मात्र नहुने, त्यसको संरक्षणमा पनि प्रत्येक नागरिकले जिम्मेवार भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए।

वडा नं. १६ का वडाध्यक्षको अगुवाइमा सञ्चालित उक्त कार्यक्रममा सहभागीहरूले आफ्ना घर आँगन, विद्यालय, मठ–मन्दिर र सार्वजनिक स्थलहरूमा बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालय परिसरमा पनि सर्वसाधारणले आवश्यक अनुसार लैजान मिल्ने गरी विभिन्न बिरुवा राखिएको छ।

कार्यक्रममा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्यामशंकर चौरसिया, जनमत पार्टीका केन्द्रीय सदस्य बिध्यालाल प्रसाद, क्षेत्र नं. १ (ख) संयोजक डा. मनोज सरार्फ, प्रदेश सदस्य शिव यादव, जिल्ला सदस्य सहनवाज राकी, युवा वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, महानगर युवा संयोजक संजय सिंह, महानगर सचिव लोकेश कर्ण, युवा नेता संजय सरार्फ लगायतको उपस्थिति थियो।

अध्यक्ष सरार्फका अनुसार उक्त बिरुवाहरू वन डिभिजन कार्यालय पर्साबाट उपलब्ध गराइएको हो। “बिरुवालाई समुदायको घरदैलोमै पुर्याएर घर-घर र टोल-टोललाई हराभरा बनाउने हाम्रो उद्देश्य हो,” उनले भने।

यस अभियानले वीरगन्जवासीमा वातावरणीय सचेतना बढाउने र दीर्घकालमा स्वच्छ तथा स्वस्थ वातावरण निर्माणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १८:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !