आफ्नै घरमा पेट्रोल छर्की आत्मदाह गर्ने महिला मृत्यु

आफ्नै घरमा पेट्रोल छर्की आत्मदाह गर्ने महिला मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १२:४८
आफ्नै घरमा पेट्रोल छर्की आत्मदाह गर्ने महिला मृत्यु

झापा : झापाको दमकमा आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह गर्ने प्रयास गरेकी ३० वर्षीया शोभाकुमारी साहको उपचारको क्रममा बुधबार राति बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको छ। दमक प्रहरीले यस कुरा पुष्टि गरेको छ।

दमक नगरपालिका-१, भानुभक्त चोककी मनोज साहकी श्रीमती शोभाले बुधबार दिउँसो करिब ४:३० बजे आफ्नै तीनतले घरको दोस्रो तलाको कोठामा ढोका थुनेर आगो लगाएकी थिइन्। प्राथमिक उपचारपछि उनलाई धरान रिफर गरिएको थियो, तर चिकित्सकको अनुपस्थितिका कारण पुनः बीएण्डसी अस्पताल ल्याइएको थियो।

ADVERTISEMENT

प्रहरीका अनुसार, करिब एक महिनाअघि छोरीसहित बेपत्ता भएकी शोभा बुधबार मात्र घर फर्केकी थिइन्। शोभा र मनोजबीच लामो समयदेखि घरायसी विवाद चल्दै आएको थियो। गत असार ३२ गते उनी मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन्।

मनोजले आमाछोरी हराएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। सुरभी बेपत्ता भएको ६ दिनपछि भारतको सिलिगुडीस्थित सूर्यसेन पार्कमा एक्लै भेटिएकी थिइन्। पार्कको सीसीटीभी फुटेजका आधारमा सुरभी त्यहाँ शोभाले छाडेर गएको पत्ता लागेको थियो। कानुनी प्रक्रिया पूरा गरी सुरभीलाई घर फर्काइएको थियो, तर शोभा त्यसबेला फेला परेकी थिइनन्।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १२:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !