ब्राउन सुगरसहित चार जना पक्राउ

ब्राउन सुगरसहित चार जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १०:५७
ब्राउन सुगरसहित चार जना पक्राउ

धरान : सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

ADVERTISEMENT

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम आछामे रहेका छन्। पक्राउ परेकाहरूको साथबाट १४.३५ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १०:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !