धनुषामा उत्कृष्ट सामुदायिक, कबुलियती, निजी वन तथा कर्मचारीलाई पुरस्कार वितरण

धनुषामा उत्कृष्ट सामुदायिक, कबुलियती, निजी वन तथा कर्मचारीलाई पुरस्कार वितरण
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २९, बिहीबार २०:२६
धनुषामा उत्कृष्ट सामुदायिक, कबुलियती, निजी वन तथा कर्मचारीलाई पुरस्कार वितरण

जनकपुरधाम : डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको विशेष कार्यक्रममा उत्कृष्ट सामुदायिक, कबुलियती र निजी वनका साथै कार्यालयका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले पुरस्कार वितरण गर्दै वन संरक्षण, व्यवस्थापन र विकासमा योगदान पु‍र्‍याउनेलाई सम्मान गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए।

ADVERTISEMENT

उनले यस प्रकारको सम्मानले वन क्षेत्रमा संलग्न व्यक्ति, संस्था र कर्मचारीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रदेश वन निर्देशनालयका उपसचिव बेचन चौधरी, डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद कुमार सिंह लगायतका अधिकारी र कर्मचारीको उपस्थिति थियो।

डिभिजन वन कार्यालय धनुषाका अनुसार, यस किसिमको पुरस्कारले वन संरक्षणमा संलग्नहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न प्रोत्साहन दिने उद्देश्य राखिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहीबार २०:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !